Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानमा बालुवाको ढिस्कोमा पुरिएर क्रिकेट खेलिरहेका ८ बालबालिकाको ज्यान गयो

शुक्रबार, असार २२, २०८०

एजेन्सी– पाकिस्तानको मार्तुङ खास शाङ्गला जिल्लामा बालुवाको ढिस्कोमा पुरिएर आठ जना बालबालिकाको ज्यान गएको छ ।

क्रिकेट खेलिरहेका बालबालिकामाथि बालुवाको ढिस्को खस्दा उक्त हताहति भएको उद्धारकर्मीलाई उद्धृत गर्दै एआरवाई न्युजले जनाएको छ । एक बालकलाई जीवित उद्धार गरिएको तथा अन्य एक जनाको खोजी भइरहेको छ । दुर्घटनाका बेला १० जना बालबालिका क्रिकेट खेलिरहेका बताइएको छ । बुधबार बिहानैदेखि परेको अविरल वर्षाका कारण बलौटे ढिस्को खसेको हो । 

यसैबीच, गत मे महिनामा सिन्धको सङ्घार जिल्लाको अचरो थार क्षेत्रको एउटा घरमा आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा एकै परिवारका दाजुभाइको ज्यान गएको थियो भने बाबु घाइते भएका थिए । त्यसअघि मार्चमा तल्लो कोहिस्तानको पट्टन क्षेत्रको घरमा आगलागी हुँदा एक महिला, उनकी सासु, पाँच छोरी र तीन छोरासहित एकै परिवारका १० सदस्यको मृत्यु भएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार