नेभिगेशन
समाचार

थापाको मुख्यमन्त्री नियुक्तिविरूद्ध एमालेको सर्वोच्चमा रिट, आइतबार पेशी

काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदरको माग गर्दै नेकपा (एमाले)ले सर्वोच्च अदालतमा रिट हालेको छ ।

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्ले बिहीबार गरेको मुख्यमन्त्रीको नियुक्ति नेपालको संविधानको ठाडो उल्लंघन भएको भन्दै निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीका तर्फबाटआज सर्वोच्चमा रिट दर्ता भएको थियो ।

बिहीबार सत्ता गठबन्धनमा आबद्ध दलहरूले आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रदेशसभाका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर लिएर बहुमतको सरकारमा दाबी गरेका थिए । सोही आधारमा नेपाली कांग्रेसका थापालाई मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो । यसैविरुद्ध एमालले रिट हालेको हो । 

उक्त रिटमा कोशी प्रदेशका प्रदेश प्रमुखलाई विपक्षी बनाइएको छ ।

यसैबीच, उक्त रिटको सुनुवाइका लागि आइतबार पेशी तोकिएको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार