Nic Ad Nic Ad
Nic Ad Nic Ad
पश्चिम बङ्गाल ग्राम पञ्चायत निर्वाचन अपडेट :

सरकारका कारण आफ्ना ३ कार्यकर्ताको हत्या भएको तृणमूल कांग्रेसको आरोप

शनिबार, असार २३, २०८०

कोलकाता– भारतकाे तृणमूल कांग्रेसले तीन कार्यकर्ताको हत्या भएको आरोप लगाउँदै पञ्चायत निर्वाचनमा सुरक्षा व्यवस्था गर्न नसकेकामा सरकारको आलोचना गरेको छ । विपक्षी दलले आफ्ना कार्यकर्ता मारेको तृणमूलको आरोप छ । 

आज बिहान  मतदान शुरु भएपछि पश्चिम बङ्गालमा हिंसाका धेरै घटना भएका र हिंसात्मक गतिविधि हुन नदिन राज्य सरकारले विश्वसनीय तयारी नगरेका उक्त दलले रोष प्रकट गरेको छ । “हाम्रो पार्टीका तीन कार्यकर्ताको रेजीनगर, तुफानगञ्ज र खारग्राममा हत्या गरिएको छ र दुई जना डोमकोलमा बन्दुकको गोलीबाट घाइते भएका छन्,” लामो ट्विटर पोस्टमा टिएमसीका एक जना नेताले भनेका छन् । 

शुक्रबार राज्यका  परगना, वीरभूम, दक्षिण दिनाजपुर र मुर्शिदाबादमा भएका झडपमा  चार जना राजनीतिक दलका कार्यकर्ताले ज्यान गुमाएका थिए । 

यसैबीच, एएफपीका अनुसार चुनावी  पश्चिम बङ्गालको चुनावी अभियानका क्रममा आज भएका राजनीतिक झडमा सात जनाले ज्यान गुमाएका छन्भने दर्जनौं घाइते भएका छन् । झडपमा सत्तारुढ दल तृणमूल पार्टीका पाँच जना मारिएका प्रहरीले जनाएको छ । 

राज्यभरका विभिन्न गाउँहरूमा मतदानसम्बन्धी हिंसामा सात जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका छन्,“ पश्चिम बङ्गालको प्रहरी बलका अतिरिक्त महानिर्देशक जावेद शमीमले पुष्टि गरेका छन् । 

भारतीय जनता पार्टी ९बीजेपी०ले हालैका वर्षहरूमा पश्चिम बङ्गालमा आफ्नो कब्जा जमाउन कडा परिश्रम गरेको छ । दश करोड चालीस लाख जनसङ्ख्या भएको उक्त राज्यमा ग्राम पञ्चायत चुनावमा दुई लाख उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 
 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्