Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमालेको प्राथमिकतामा सत्ता छैन : महासचिव पोखरेल

शनिबार, असार २३, २०८०

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेले सत्तालाई प्राथमिकतामा नदिएको बताएका छन् ।

नेकपा (एमाले) रामेछाप–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको अभिमुखीकरणमा उनले कमजोरको सहकार्यबाट राष्ट्र निर्माण हुननसक्ने भएकाले अहिले एमालेले सत्तालाई प्राथमिकता नदिएको बताए । 

उनले बलिया राजनीतिक शक्ति एकजुट गरी मुलुक निर्माण गर्न सकिने निष्कर्षसहित सो काममा नेकपा (एमाले) लागेको भन्दै सोही अभियान अन्तर्गत एमाले मिशन ग्रासरुटमा लागेको बताए ।

उनले जति धेरै राजनीतिक दल, त्यति धेरै मुलुकमा राजनीतिक अस्थिरता हुने भएकाले नेपाली समाजले अब एउटै बलियो राजनीतिक शक्ति निर्माणको विषयमा बहस पैरवी गर्ने बेला आएको भनाइ राखे ।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  २१:४७
प्रतिक्रिया दिनुहोस्