Nic Ad Nic Ad
Nic Ad Nic Ad

आरिफले इमर्जिङ कप नखेल्ने

सोमबार, असार २५, २०८०

काठमाडौं - नेपालका तल्लोक्रमका भरपर्दा ब्याटर आरिफ शेखले एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । 

पारिवारिक कारण आरिफले आगामी बिहीबारबाट सुरु हुने इमर्जिङ कपमा सहभागी नहुने भएका छन् । आरिफ नखेल्ने भएपछि उनको स्थानमा पवन सरार्फले मौका पाएका छन् ।

आरिफ नेपाली मध्यक्रमका भरपर्दा ब्याटर मानिन्छन् । शेखले नेपालका लागि ४७ ओडिआई खेलमा ६ अर्धशतकसहित ८ सय ७८ रन बनाएका छन् । आरिफले मध्यम गतिमा बलिङ समेत गर्ने थिए ।

प्रतियोगिता १३ जुलाई देखी २३ जुलाई सम्म श्रीलंकामा हुनेछ । नेपाल समूह बी मा छ । नेपालको समूहमा युएई, पाकिस्तान ए र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान छन् । 

नेपालले १४ जुलाईमा पहिलो खेल पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेलमा १७ जुलाई मा भारत ए को सामना गर्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले १९ जुलाईमा युएईसँग खेल्नेछ ।  २१ जुलाईमा प्रतियोगिताको सेमिफाइनल खेल रहेको छ । फाइनल २२ जुलाईमा हुनेछ ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, पवन सरार्फ, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि.सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०८:४०
प्रतिक्रिया दिनुहोस्