Nic Ad Nic Ad
Nic Ad Nic Ad

इमर्जिङ कप खेल्न जाने नेपाली क्रिकेट टोलीकाे विदाई

सोमबार, असार २५, २०८०

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।

सोमबार काठमाडौंमा  युवा तथा खेलकुदमन्त्री डिग बहादुर लिम्बु र  क्यान अध्यक्ष चतुरबहादुर चन्द लगायतकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् ।

नेपाली टाेलीले श्रीलंकामा आयोजना हुन लागेको एसीसी इमर्जिङ टिम्स एसिया कप २०२३  खेल्नेछ ।

टाेलीले केही दिन अघि मात्रै विश्वकप छनाैट खेल खेलेर स्वदेश फर्किएकाे थियाे ।  क्यानले आजै नेपालले आरिफ शेखको स्थानमा अलराउन्डर पवन सर्राफलाई समावेश गरेको छ ।

नेपाली टोलीमा रोहित पौडेल, आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, देव खनाल, गुल्सन झा र सोमपाल कामी रहेका छन् ।

प्रतियोगिताका लागि भीम सार्की, श्याम ढकाल, प्रतिस जिसी, ललित राजबंशी, किशोर महतो, सन्दीप जोरा र सुर्य तामाङ पनि अँटाएका छन् । ज्ञानेन्द्र मल्ल नेपाली टोलीबाट बाहिरिएका छन् भने सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी क्यानडामा आयोजना हुने ग्लोबल टी(२० का कारण राष्ट्रिय टोली बाहिर रहेका छन् ।

जुलाई १३ देखि २३ तारिखसम्म सन्चालन हुने प्रतियोगिताको पहिलो चरणमा नेपालले भारत ए, पाकिस्तान ए र यूएईसँग खेल्ने तय भइसकेकाे छ।

यसअघि टोलीमा समावेश गरिएका आरिफ शेखले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएपछि उनको ठाउँमा पवन सर्राफलाई टिममा राखिएको नेपाली टोलीका मुख्य छनोटकर्ता दिपेन्द्र चौधरीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्