Nic Ad Nic Ad
Nic Ad Nic Ad

जेठ महिनाको मूल्यबृद्धि ७ प्रतिशत, मरमसलाको मूल्य ३५ प्रतिशत बढ्यो

सोमबार, असार २५, २०८०

काठमाडौँ– गत जेठ महिनाको मूल्यबृद्धि करिब ७ प्रतिशत भएको छ । अघिल्लो वर्षको जेठ महिनाको तुलनामा चालु आर्थिक वर्षको जेठ महिनाको मूल्यबृद्धि करिब ७ प्रतिशत भएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८० जेठ महिनामा मूल्यबृद्धि ६.८३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यबृद्धि ८.५६ प्रतिशत रहेको थियो । 

यसमध्ये खाद्य तथा पेय पदार्थ समूहको मूल्यबृद्धि ५.६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.७६ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३५.२९ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको १४.३६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.०६ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.९८ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ  । घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १६.६० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्