Nic Ad Nic Ad
Nic Ad Nic Ad

भलिबल च्याम्पियनसिप : तनावपूर्ण खेलमा आर्मीसँग गण्डकी पराजित

लामो विवादपछि प्रहरीको हस्तक्षेपमा साम्य
सोमबार, असार २५, २०८०

काठमाडौँ– राजधानीमा जारी सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ । 

सोमबार भएको तनावपूर्ण खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

volleyball tanab31688995070.JPG

राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा भएको खेलमा आर्मी २५–१९, २६–२४ र ३३–३१ ले विजयी भएको थियो । तेस्रो सेटमा आर्मी २३–२४ को अवस्थामा गण्डकीका खेलाडीले प्रहार गरेको स्पाइक आउट भएको भन्दै २४–२४ को बराबरी भएको थियो । तर, गण्डकीका खेलाडी ब्लकको समयमा आर्मीका खेलाडीलाई लागेर गएको भन्दै बिवाद सुरु भएको थियो । विवादकाबीच समर्थकले बोतल प्रहार गरेपछि आर्मीका समर्थक तथा खेलाडीहरु पनि दर्शकदिर्घामा नै पुगेको थियो । लामो विवादपछि प्रहरीको हस्तक्षेपमा विवाद साम्य भएको थियो ।

volleyball tanab1688995070.JPG

त्यस्तै, सोमबार नै भएको अर्को खेलमा हेल्प नेपालले दावाली मिलन क्लबमाथि सोझो सोटमा जित हासिल गरेको छ ।  हेल्प नेपालले दावाली मिलन क्लबमाथि २५–१७, २५–२२ र २५–२१ को सेटमा जित हात पारेको हो ।

त्यस्तै, महिलातर्फ नेपाल पुलिस क्लबले  त्रिभुवन आर्मी क्लबलाई ३–० ले पराजित गर्दै थप ३ अंक जोडेको छ । पुलिसले एक तर्फी खेलमा आर्मीलाई २५–१८, २५–१२, २५–१८ ले पराजित गरेको हो ।

सोमाबार नै एको प्रतियोगिताको महिलातर्फको अर्को खेलमा एपिएफले गण्डकी प्रदेश भलिबल क्लबलाई २५–१२, २५–८, २५–८ को सोझो सेटमा पराजित गरेको छ । यस्तै सोमबार नै सम्पन्न महिला तर्फको अर्को खेलमा होङ्गवान्जी न्यु डायमन्ड क्लबले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । डायमन्डले २५–१७, २५–१२, २५–१२ को जित निकालेको हो ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्