Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेदरल्यान्ड्सका प्रधानमन्त्रीले गरे राजनीतिकबाट टाढा हुने घोषणा

मंगलबार, असार २६, २०८०

नेदरल्यान्ड्स - नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुटले अर्को निर्वाचनपछि राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन्।

“आइतबार मैले आगामी चुनावमा पिपुल्स पार्टी फर फ्रिडम एन्ड डेमोक्रेसी (भीभीडी) का लागि नेताको रूपमा उपलब्ध नहुने निर्णय गरेको छु,” रुटले सोमबार डच संसदलाई सम्बोधन गर्ने क्रममा यस्ताे बताएका हुन् ।

गत साताको अन्त्यमा उनको सरकार ढलेपछि रुटले आफूसँग अझै पनि ‘ऊर्जा र विचार’ रहेको बताए । सोमबार उनले पिपुल्स पार्टी फर फ्रिडम एन्ड डेमोक्रेसी (भीभीडी) को नेताको रूपमा आफ्नो १७ वर्षको कार्यकाल अन्त्य गर्ने निर्णय गरेका हुन्।

सन् २०१० देखि चार वटा गठबन्धन सरकारको नेतृत्व गरिसकेका रूटले आप्रवासन नीतिका कारण गठबन्धन भत्किएपछि आगामी नोभेम्बरमा हुने निर्वाचनपछि आफू पदबाट हट्ने बताएका छन्।

“म केही व्यक्तिगत कुरा भन्न चाहन्छु । मलाई कुन कुराले उत्प्रेरित गर्छ भन्ने बारेमा पछिल्ला केही दिनयता अड्कलबाजी भइरहेको छ । यसको एउटै मात्र जवाफ नेदरल्यान्ड्स हो,” रूटले संसदमा भने।

“हिजो बिहान अब मध्य–दक्षिणपन्थी पार्टी भीभीडीको लागि सूचीको नयाँ प्रमुख हुन योग्य छैन भन्ने मैले निर्णय गरेँ । “निर्वाचनपछि नयाँ सरकारले शपथ लिएपछि म राजनीति छोड्नेछु ।”

हंगेरीका भिक्टर ओर्बानपछि युरोपको दोस्रो लामो समयसम्म सत्तामा रहेका रुटले भीभीडीको लागि सूचीको नयाँ प्रमुख हुन योग्य नभएको कुरा आफ्नो व्यक्तिगत मूल्याङ्कन भएको बताए ।

 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ०८:५२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार