नेभिगेशन
समाज विविध

लुक्लाबाट काठमाडौँ उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

काठमाडौँ– लुक्लाबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ । 

त्रिभुवन विमानस्थल स्रोतका अनुसार उक्त हेलकोप्टर आज बिहान १० बजे लुक्लाबाट काठमाडौँ उडेको थियो । तर, सवा १० बजे सम्पर्कविहीन भएको हो । 

उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् ।

मनाङ एयरका अनुसार ९एनए–एमभी कलसाइन भएको हेलिकप्टोप्टर सम्पर्कविहीन भएको हो ।

हेलिकोप्टरको खोजी कार्य जारी रहेको बताइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध