नेभिगेशन
समाज विविध

मनाङ एयरको हेलिकोप्टर सोलुमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाडौँ– लुक्लाबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

सो हेलिकोप्टर सोलुको लिखुपिके गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको बीचमा पर्ने लामाजुरा डाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सोलु दूधकुण्ड नपा २ का वडाध्यक्ष ङवाङ ठिले शेर्पाले सिएन नेपाललाई जानकारी दिए । दुर्घटना भएको क्षेत्र सोही वडामा पर्छ । 

‘लामाजुरा डाँडामा दुर्घटनामा परेको जानकारी प्राप्त भएको । त्यसतर्फ प्रहरी टोली गइरहेको छ,’ वडाध्यक्ष शेर्पाले भने । 

यद्यपि, सोलु दूधकुण्डका नगर प्रमुख नाम्गेल जाङ्गु शेर्पा भने लिखुपिके गाउँपालिका वडा नम्बर ५ दुर्घटनाग्रस्त अवस्थामा भेटिएको बताउँछन् । 

त्रिभुवन विमास्थल स्रोतका अनुसार उक्त हेलिकोप्टर आज बिहान १० बजे लुक्लाबाट काठमाडौँ उडेको थियो । तर, सवा १० बजे सम्पर्कविहीन भएको थियो । 

उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् ।

मनाङ एयरका अनुसार ९एनए–एमभी कलसाइन भएको हेलिकोेप्टर दुर्घटनामा परेको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध