Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्कुल बसले कारलाई ठक्कर दिँदा दिल्लीमा ६ जनाको मृत्यु

मंगलबार, असार २६, २०८०

नयाँ दिल्ली– विपरीत दिशाबाट तीव्र वेगमा हुइँकिएको स्कुल बसले कारलाई ठक्कर दिँदा भारतको नयाँ दिल्लीमा ६ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा दुई जना बालबालिकाको ज्यान गएको छ । 

    दिल्ली–मीरुत द्रुतमार्गमा आज बिहान भएको उक्त दुर्घटनामा ६ जनाको घटनास्थलमा मृत्यु भएको हो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बस चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीले बताएको छ । निजलाई नियन्त्रणमा लिइएको छ । 

    यसैबीच, आन्ध्र प्रदेशको डार्सीस्थित नहरमा यात्रीबाहक बस खस्दा एक जना सात वर्षिय बालकसहित सात जनाको निधन भएको छ । बसमा यात्रारत ४० जनामध्ये १५ जना गम्भीर घाइते भएका छन् । उनीहरूको घटनास्थल नजिक अवस्थित अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाबारे जानकारी पाउने बित्तिकै प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धारमा जुटेको थियो । दुर्घटनाको अनुसन्धान थालिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्