Nic Ad Nic Ad
Nic Ad Nic Ad
हेलिकोप्टर दुर्घटना

मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे छानबिन गर्न समिति बनाइने

मंगलबार, असार २६, २०८०

काठमाडौँ– सोलुखुम्बुको लुक्लाबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ । 

आज जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले यस्तो बताएका छन् ।

मङ्गलबार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा उत्तर अमेरिकी मुलुक मेक्सिकोका पाँच जना यात्रु र एक नेपाली पाइलटको मृत्यु भएको छ ।

मन्त्री किरातीले आफू जनकपुरबाट फर्किएपछि सके आजै र त्यो नभए बुधबारसम्ममा छानबिन समिति बनाएर मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गरिने बताए । उनले सरकारले पहिलो दिनबाटै सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै सरकार नागरिकको सुरक्षामा काम गरिरहेको बताए ।

उनले भने, ‘‘हामीले डे वान देखि नै सेफ्टी फस्र्ट भनेर यही नारा उच्चारण गरेका छौँ । सेफ्टीमा कुनै सम्झौता हुँदैन । दुर्घटना नहोस् भनेर नै हामीले सेफ्टी फस्र्ट भनेका छौँ, हाम्रो पहिलो सर्त सुरक्षा हो । हामी छलफल बहसमा नै छौँ, कसरी सेफ्टीलाई उठाउन सकिन्छ भनेर छलफलमा छौँ । अब छानबिन समिति बन्छ, हामी गएर बनाउँछौँ । भोलीसम्ममा गठन हुन्छ ।’’
 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्