Nic Ad Nic Ad
Nic Ad Nic Ad

राप्रपाको सुदूरपश्चिम प्रदेश सहसंयोजकमा शाही

बुधबार, असार २७, २०८०

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सुदूरपश्चिम प्रदेशको सहसंयोजकमा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई नियुक्त गरेका छन् ।

अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार शाहीलाई सो पदमा नियुक्त गरेका हुन् । शाही पार्टीका प्रमुख सचेतकको जिम्मेवारीमा समेत हुन् ।

त्यसैगरी अध्यक्ष लिङ्देनले कर्णाली प्रदेशको सहसंयोजकमा पार्टीका सहमहामन्त्री धनबहादुर बुढालाई नियुक्त गरेका छन् । पार्टीका गतिविधिलाई जनस्तरमा पुर्याएर सङ्गठनलाई सुदृढीकरण गर्न शाही र बुढालाई नयाँ जिम्मेवारी प्रदान गरिएको छ ।

‘नवीन राप्रपा–२०८०’ को कार्ययोजना कार्यान्वयनका लागि प्रदेश संयोजकको समन्वयमा रही उनीहरूले कार्यसम्पादन गर्नुपर्ने पार्टीले जनाएको छ ।

यसअघि पार्टीले सातवटै प्रदेशमा पार्टीका वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरूलाई प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरिसकेको नेता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०७:१५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार