नेभिगेशन
समाचार

कांग्रेस केन्द्रीय समितिको बैठक आजदेखि, एजेन्डा तय गर्न शीर्ष नेताको छुट्टै बैठक

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ ।

आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी संगठनका विभिन्न विषयमा छलफल हुने बताइएको छ ।

सभापति देउवाले केन्द्रीय समितिको बैठकअघि आफ्नै निवास धुम्बाराहीमा शीर्ष नेताहरूको बैठक बोलाएका छन् । सो बैठकमा केन्द्रीय समिति बैठकमा राख्ने एजेन्डाबारे छलफल हुने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार