नेभिगेशन
समाचार

प्रधानमन्त्रीपत्नीको निधनपछि एक वर्षपछि बस्न लागेको कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि एक वर्षपछि बस्न लागेको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ः०० बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको थियो । बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी सङ्गठनका विविध विषयमा छलफल हुने कार्यक्रम तय थियो ।

अब केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि बस्ने कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीताकोे ६९ वर्षको उमेरमा आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

कांग्रेस केन्द्रीय समिति बैठक झण्डै एक वर्षदेखि बस्न सकेको छैन ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार