‘प्रथम महिला’को हैसियतमा सीताको अन्तिम संस्कार गरिने
काठमाडौँ– आज निधन भएकी नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेक रहेका पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अन्तिम संस्कार प्रथम महिला (फस्ट लेडी)को रुपमा गरिएको छ ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रधानमन्त्रीपत्नीको हैसियतमा प्रथम महिलाको सम्मान दिइने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
माओवादी केन्द्रकी सल्लाहकारसमेत रहेकी सीताको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
सीताको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिएको थियो ।
दिउँसो २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने माओवादी केन्द्रको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार २७, २०८० १३:०४
प्रतिक्रिया दिनुहोस्