नेभिगेशन
समाज विविध

नेपाली भाषामा लेख्दै मोदीले दिए प्रधानमन्त्रीपत्नी सीतालाई श्रद्धाञ्जलि

काठमाडौँ– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भाषामा लेख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई श्रद्धाञ्जलि दिएका छन् ।

मोदीले सीताको निधनले आफू मर्माहत भएको बताएका छन् ।

‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु ।  प्रचण्डजीप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु,’ उनले नेपाली भाषामा ट्विट गरेका छन् ।

प्रधानमन्त्रीपत्नी सीताको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा निधन भएको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता