नेभिगेशन
समाज विविध

प्रधानमन्त्री प्रचण्डपत्नी सीताको निधनप्रति ओलीद्वारा दुःख व्यक्त

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले आज एक ट्वीट गर्दै सीताको निधनको खबरले आफू अत्यन्तै दुःखी भएको जनाएका छन् । उनले दिवङ्गत दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहेका प्रधानमन्त्री दाहाललगायत शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

नर्भिक अन्तर्राष्ट्रिय अस्पताल उपचारका क्रममा आज विहान ८ः३३ बजे सीताको निधन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता