नेभिगेशन
समाज विविध

डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते 

दिपायल– डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना सामान्य घाइते भएका छन् ।

बा१झ ९४३४ नम्बरको सरकारी गाडी दुर्घटना हुँदा आदर्श १ स्याउले घर भएकी ६५ वर्षीय हीरा खड्काको मृत्यु भएको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए ।

घटना बेलुकी ६ः३० बजे भएको हो । गाडी आदर्श गाउँपालिकाबाट सायल गाउँपालिकातर्फ जाँदै गर्दा अनियन्त्रित भई कच्ची सडकबाट पाँच मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । घाइते हुनेमा वीरबहादुर खड्का, रवीन्द्र सुनार र टेकबहादुर तिरुवा रहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता