प्यालेष्टिनी नेता अब्बासद्वारा जेनिन शिविरको पुनः निर्माण गर्ने प्रतिबद्धता
जेनिन– प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले बुधबार जेनिन शरणार्थी शिविरको पुनः निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले आफ्नो भ्रमणको उद्देश्यबारे भने, “हामी एक अधिकार, एक राज्य, एक कानून हौं भन्न यहाँ आएका छौं । हाम्रा जनताको एकता र सुरक्षामा खलल पुर्याउने जोकोहीलाई पनि चेतावनी दिन चाहन्छौँ ।
अब्बासले उत्तरी वेस्ट बैंक शहरमा रहेको शिविरको एक दशकपछि पहिलो पटक भ्रमण गर्दा शिविरलाई ‘संघर्षको प्रतीक’ को रूपमा वर्णन गरे । गत हप्ता इजरायली सेनाले जेनिनमा गरेको दुई दिने कारबाहीमा १२ जना प्यालेस्टिनी र एक इजरायली सैनिकको मृत्यु भएको थियो ।
इजरायलले ‘आतङ्कवादको केन्द्र’ का रूपमा हेरिएको शिविरमा गरिएको आक्रमणमा सयौं सैनिकका साथै ड्रोन आक्रमण र सेनाका बुलडोजरले सडकहरू भत्काएका थिए र सयौं घरहरूमा क्षति पुर्याएका थिए ।
अब्बासको फताह पार्टीका उपाध्यक्ष महमुद अलौलसहित कैयौँ उच्च अधिकारीहरू छापा मार्ने बित्तिकै शिविरमा पुगेका थिए ।