Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोशी, मधेश र बागमतीमा चट्याङसहित वर्षाको सम्भावना

बिहीबार, असार २८, २०८०

काठमाडौँ– आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

कोशी प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन वा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेश प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

यसैगरी राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन वा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । 

मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०७:४७
प्रतिक्रिया दिनुहोस्