नेभिगेशन
सुरक्षा–अपराध

सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ–  सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

आज न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले २४ घण्टाभित्र बन्दीलाई हाजिर गराउन आदेश दिएको हो ।

राउतको तर्फबाट उषा कार्कीले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश गरेको हो ।

ललिता निवास जग्गा प्रकरणमा २४ असारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सचिव राउतलाई पक्राउ गरेपछि उनलाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट परेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध