कोशी र गण्डकीमा वर्षाको सम्भावना, मधेश र लुम्बिनीमा हावा–हुरी
काठमाडौँ– आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन वा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
यस्तै, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको पनि सम्भावना रहेको छ ।
यसैगरी, राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन वा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको पनि सम्भावना रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८० ०६:२५
प्रतिक्रिया दिनुहोस्