Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालले दियो पाकिस्तानलाई १८० रनको लक्ष्य

शुक्रबार, असार २९, २०८०

काठमाडौँ– एसिसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’लाई १८० रनको लक्ष्य दिएको छ । 

कोलम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ३७ ओभरमा १७९ रनमा सबै विकेट गुमायो । खराब ब्याटिङका बीच सोमपाल कामीले पारी सम्हालेका थिए ।

May be an image of 3 people and text that says 'ACC EMERGING TEAMS ASIA CUP NEPAL TCL pepsi. PAKISTAN Second Selader Reacher NEPAL NEPAL 179 (37ov) Sompal Kami: 75 (101) Pratish GC: 26 ((24) Kushal Malla: 17 (18) Arjun Saud 17(20) 17 Shahnawaz Dahani: 5/38 Muhammad Wasim: 4/51 Mubasir Khan: 1/23'

सोमपालले १०१ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए । एक समय १५.४ ओभरमा ७२–८ को दयनीय अवस्थामा पुगेको नेपाललाई सोमपाल र प्रतिश जिसीले ५८ रनको महत्वपूर्ण साझेदारी गर्दे सम्मानजनक अवस्थामा पुर्याए ।

प्रतिशले २४ बलमा १ चौका र २ छक्कासहित २६ रन बनाए ।

सोमपालले अन्तिम विकेटका लागि ललितनारायण राजवंशीसँग ४९ रनको साझेदारी गरेका थिए । ललित १० बलमा एक रनमा नट आउट रहे ।

केहीबेरपछि पाकिस्तान ‘ए’ले ब्याटिङ गर्नेछ । 


 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्