भारतको बिहारमा बर्षा र चट्याङबाट २२ जनाको मृत्यु
नयाँ दिल्ली– भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा २२ जनाको मृत्यु भएको सरकारी टेलिभिजन अल इन्डिया रेडियोले शनिबार जनाएको छ ।
चट्याङसहित परेको भारी बर्षाका कारण शुक्रबार राज्यका केही भाग प्रभावित भएका छन् । भारतीय मौसम विज्ञान विभागले आगामी दिनमा बिहारको पूर्वी भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
वर्षाको समयमा घरबाहिर ननिस्कन पनि सचेत गराइएको छ ।
सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले प्रशारण गरेका समाचारअनुसार सन् २०२२ मा भारतमा चट्याङ लागेर ९०७ जनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति: शनिबार, असार ३०, २०८० २०:४१
प्रतिक्रिया दिनुहोस्