मेस्सीले गरे २०२५ सम्मका लागि इन्टर मियामीसँग सम्झौता
काठमाडौं - अर्जेन्टिनाका चर्चित फुटबलर लियोनन मेस्सी र अेमेरिकी एमएलएस क्लब इन्टर मियामीबीच सम्झौता भएको छ ।
सात पटकको बालोन डी ओर बिजेता ३६ वर्षिय मेस्सीले अमेरिकी क्लबमा सन् २०२५ सम्म रहने गरी सम्झौता गरेका हुन् ।
सो क्लबका सहमालिक डेभिड बेकह्याम र मेस्सीबीच सम्झौता भएको हो । सन् २०२२ र २०२३ सिजनको अन्त्यतिर फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन छोडेका मेस्सीले इन्टर मियामी र अमेरिकाको करियरको अर्को चरण शुरु गर्न पाएकोमा खुशी ब्यक्त गरेका छन् ।
सो क्लबमा अनुबन्ध भएका मेस्सीले आगामी जुलाई २१ मा हुने लिग कपको उद्घाटन खेल खेल्ने छन् । मेस्सीले खेलाडीको अवार्ड बालोन डी ओर सात पटक जितिसकेका छन् ।
बार्सिलोनामा दुई दशक बिताएपछि २०२१ मा पीएसजी पुगेका मेसीले त्यहाँ ७५ खेलमा ३२ गोल गरे । गत सिजन उनले १६ गोल र १६ असिस्ट गरे ।
मेसीले बार्सिलोनाका लागि ६७२ गोल गरे र १० ला लिगा, चार च्याम्पियन्स लिग तथा सात स्पानिस कप जिते।