कमजोर ब्याटिङ गरेको नेपालको पाँचौँ विकेट पतन
काठमाडौँ - श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले कमजोर ब्याटिङ गरेको छ । भारत ‘ए’विरुद्ध सुरुवातमै नेपालले पाँच विकेट गुमाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेका नेपालका ओपनर कुशल भुर्तेल दोस्रो बलमै आउट भएका थिए ।
मेडन ओभरसहित ओपनिङ गरेका भारतीय बलर हर्सित रानाले भुर्तेललाई एलबीडब्लु आउट गरे ।
नेपालका अर्का ओपनर आसिफ शेख ७ रनमा आउट भए । देव खनाल १५ र भीम सार्की ४ रनमा आउट भए ।
दशौं आभरमा अर्का ब्याट्सम्यान कुशल मल्ल खाता नखोली आउट भएका हुन् । अहिले कप्तान रोहित पौडेल र सोमपाल कामीले ब्याटिङ गरिरहेका छन् ।
प्रकाशित मिति: सोमबार, साउन १, २०८० १५:४८
प्रतिक्रिया दिनुहोस्