नेभिगेशन
पुँजी बजार

सेयर बजारमा उच्च अंकको वृद्धि, नेप्सेले नाघ्यो २१ सय विन्दु

काठमाडौं - आज नयाँ आर्थिक वर्ष ०८०/८१ को पहिलो दिन सेयर बजार उच्च अंकले बढेको छ। सेयर बजार परिसूचक नेप्से आज ४७.०७ अंकले बढेर २१४४.१६ विन्दुमा उक्लिएको छ। 

आज म्युचल फन्डबाहेक सबै समूहको सेयर उच्च अंकले बढेको छ। यसमा पनि सबैभन्दा धेरै बिपिडब्लु लघुवित्त र युनाइटेड अजोड इन्स्याेरेन्सको सेयर १० प्रतिशतले बढेको छ।

यस दिन ७६ लाख ३४ हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ५६ करोड रुपैयाँबराबरको कारोबार भएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्