Nic Ad Nic Ad
Nic Ad Nic Ad

जनताले साथ दिए राजा र हिन्दुराष्ट्र स्थापना सम्भव छ : अध्यक्ष लिङ्देन

सोमबार, साउन १, २०८०

काठमाडौँ   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले जनताले साथ दिए राजा र हिन्दुराष्ट्र स्थापना सम्भव भएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भ्रातृ सङ्गठन सनातन धर्म, संस्कृति, सङ्गठनद्वारा आयोजित सनातन हिन्दु राष्ट्रको लागि धार्मिक पदयात्रा कार्यक्रममा सहभागी भएका लिङ्देनले यस्तो बताएका हुन् ।

उनले हिन्दु राष्ट्रको मुद्दा बहुसंख्यक नेपालीहरुले उठाएको मुद्दा भएकाले उनीहरुलाई बुझाउनका लागि पदयात्रा गरेको बताए।

लिङदेनले सनातन, धर्म, संस्कृतिको रक्षार्थ जनचेतना जगाउने र हिन्दु राष्ट्र अभियान सञ्चालनका लागि जनचेतना फैलाउने उदेश्यले पदयात्रा कार्यक्रम गरेकाले आगामी दिनमा थप कार्यक्रम गर्दै जाने बताए ।

उनले शान्तिपूर्ण बाटोबाट नेपालमा हिन्दुराष्ट्र पुनः स्थापना आफूले चाहेको बताए ।

उनले विगतमा भावावेश र विदेशीको दबाबमा आएर हिन्दु राष्ट्र हटाइएपनि अब सच्चिन राजनीतिक दलहरुलाई आग्रह गरे ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्