Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘जय हो’को पहिलो गीत सार्वजनिक

सोमबार, साउन १, २०८०

काठमाडौँ– शोभित बस्नेतकको प्रस्तुतीमा निर्माण भएकको नेपाली चलचित्र ‘जय हो’ पहिलो गीत सार्वजनिक गरिएको छ ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमामा समाबेश ’जोमसोमको डाँडैमा हिँउ खेल्न जाने की’ बोलको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा शम्भुजित बास्कोटाको शब्द रचना तथा संगीत रहेको गीतमा सुरेश लामा र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको अडियो तथा भिडियो पक्ष बबाल लाग्छ । सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन् । 

टेक पौरखी राईको निर्देशन निर्माण भएको सिनेमामा प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा सम्राट बस्नेत द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, गौतम राज खड्काको सह–सम्पादन, समीर मियाँको भिएफएक्स र केबलमान सिङ बस्नेत प्रोडक्सन डिजाइनर रहेको सिनेमाका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् । 

मुस्ताङ र कास्कीका विभिन्न रमणीय स्थानमा खिचिएको सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको सिनेमाका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । आगामी भाद्र ८ अर्थात् अगष्ट २५ बाट सिनेमा प्रदर्शनमा आउनेछ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमाको सार्वजनिक पोस्टरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएका थिए । 

पोस्टरले दर्शकमाझ बढाएको कौतुहल्ता सार्वजनिक टिजरले अझै बढाएको विश्वास निर्माण टिमलाई छ । सिनेमालाई उपत्यकामा डिसिएन तथा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार