Nic Ad Nic Ad
Nic Ad Nic Ad
एसिसी इमर्जिङ एसिया कप

नेपाल भारत ‘ए’सँग ९ विकेटले पराजित

सोमबार, साउन १, २०८०

काठमाडौँ– एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको छ ।

श्रीलङ्कामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारत ‘ए’लाई जितका लागि एक सय ६८ रनको लक्ष्य लक्ष्य भारतले २९.५ ओभरमा १ विकेट गुमाएर भेट्टाएको हो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको थियो ।

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ६५ रनको योगदान दिए । उनले ८५ बलमा सात चौका प्रहार गर्दै ६५ रन बनाएका हुन् । 

त्यस्तै गुलसन झाले ३० बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३८ रन बनाए । 

यसैगरी सोमपाल कामीले १४ रन जोडे भने देव खनालले १५  तथा आसिफ शेखले सात रन बनाए । बलिङतर्फ भारत ‘ए’ का लागि निशान्त सिन्धुले चार विकेट लिए भने राजवर्धन हङ्गागेकारले तीन विकेट झारे । त्यस्तै हर्षित रानाले दुई विकेट लिँदा  मानव सुथारले एक विकेट लिए । यसअघि भएको पहिलो खेलमा नेपाल  पाकिस्तान ‘ए’ सँग चार विकेटले पराजित भएको थियो । यता भारतले युएई ‘ए’ लाई आठ विकेटले हराएको थियो ।

यसअघि नेपालमा आयोजना भएको एसिसी प्रिमियर कपको विजेता बन्दै नेपाल इमर्जिङ कपका लागि छानिएको हो । टेस्ट राष्ट्र भारत भने स्वतः छनोट भएको हो । यस प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता रहेको छ ।

nep_india a1689601111.JPG

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १९:२०
प्रतिक्रिया दिनुहोस्