नेभिगेशन
समाचार
नेपाली कांग्रेस

कांग्रेसले केन्द्रीय कार्यसमितिकाे बैठक लाइभ गर्ने

काठमाडौं । नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक लाइभ हुने भएकाे छ ।

पार्टी केन्द्रीय कार्यालयले आज दिउँसाे १ बजे हुने बैठकको फेसबुक, यूट्युबलगायत सामाजिक सञ्जालमार्फत लाइभ गर्ने तयारी गरेको हो ।

पार्टीको आधिकारिक फेसबुक पेजबाट बैठकको लाइभ गर्नका लागि प्राविधिक तयारी थालिएको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकरी दिए ।

पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन अनुसार तयारी थालिएको पौडेलले बताए ।

केन्द्रीय समितिको बैठक ११ महिनापछि आज (मंगलबार) दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा बस्न लागेकाे हाे।

साेमबार  देउवाले नेताहरुले बोलेको तथ्य भन्दा बेग्लैरुपमा मिडियामा समाचार आएको भन्दै बैठक नै लाइभ गर्न प्रस्ताव गरेका थिए।  पार्टीको आधिकारिक फेसबुक पेज, अनलाइन, टेलिभिजन लगायतबाट लाइभ गर्ने प्रस्ताव गरेपनि सो विषयमा सबैको एउटै धारणा नआएको पूर्व महामन्त्री शशांक कोइरालाले बताएका थिए ।
आज बस्ने बैठककाे १० एजेण्डा यस्ताे छ-

-समसामयिक राजनीतिक विषय

– सांगठानिक कार्ययोजनाबारे

-केन्द्रीय समितिको बैठकअघि कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्ने प्रस्ताव

 

-पार्टी निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन

-नीति अधिवेशनसम्बन्धी खाका प्रस्ताव

-विभाग गठन

-राष्ट्रव्यापी अभियानको घोषणाबारे

-केन्द्रीय कार्यसमितिको अनुशासन समितिको प्रतिवेदन पेश

-संसदीय दल समिक्षा (प्रमुख सचेतकले जानकारी गराउँने)

-सरकार प्रगतिबारे (उपसभापति तथा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का सरकारको समिक्षा)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार