२६ दलीय विपक्षी गठबन्धनलाई संक्षेपमा ‘इन्डिया’ भनिने : खड्गे
बेङ्लोर– छब्बीस दलीय विपक्षी गठबन्धनलाई संक्षेपमा ‘इन्डिया’ भनिने भारतको विपक्षी दल भारतीय काङ्ग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले मङ्गलवार बताएका छन् ।
विपक्षी गठबन्धनमा संलग्न २६ विपक्षी दलको नयाँ नाम इन्डिया नेशनल डेवलपमेन्टल इनक्लूसिव एलायन्सेस (आईएनडीआईए) हुनेछ । “हामी मुम्बईमा फेरि बैठक गर्नेछौं र सिट बाँडफाँट र अभियान व्यवस्थापनबारे छलफल गर्नेछौं,” खडड्गेले भने ।
उनले भने, “देशको यो गम्भीर अवस्थालाई जोगाउन हामी एकजुट भएका हौँ । चाँडै नै संयुक्त वक्तव्य जारी गरिनेछ ।”
सन् २०२४ को लोकसभा चुनावअघि भाजपालाई टक्कर दिन संयुक्त मोर्चा बनाउने रणनीति तय गर्न विपक्षी दलहरूको बैठक बसेको हो । खड़गेको घोषणा अघि बिहारका मुख्यमन्त्री नितिश कुमारको नेतृत्वमा रहेको जनता दल ९युनाइटेड० ले ट्वीटरमार्फत उक्त जानकारी दिएको थियो ।
काङ्ग्रेस सांसद मणिकम टैगोरले विपक्षी गठबन्धनले लोकसभा निर्वाचनमा जित्ने बताउँदै ट्वीटरमा लेखेका छन् , “‘इन्डिया’ले जित्नेछ ।”
“चक दे ! ‘इन्डिया’,” तृणमूल काङ्ग्रेसका सांसद डेरेक ओ ब्रायनले ट्वीट गरेका छन् । वर्तमान कांग्रेस नेतृत्वको गठबन्धनलाई संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) भनिन्छ ।