महानगरले किन भत्कायो भद्रकुमारी सेवा सदन ?
काठमाडाैं - काठमाडौं महानगरपालिकाले काठमाडौं अनामनगरस्थित भद्रकुमारी घले सेवा सदन भत्काएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरेर भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेको भन्दै महानगरले सो स्थानमा रहेका संरचना भत्काएको हो ।
सेवा सदनमा रहेका सामानहरुलाई सुरक्षित साथ भद्रकुमारी घलेको निवासमा पुराइएको महानगरले जनाएको छ भने त्यहाँ रहेका शिक्षा सदनलाई महानगरको शिक्षा विभागले व्यवस्थापन गर्ने काठमाडौं नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
त्यस्तै, सोही स्थानमा रहेका असक्तहरुलाई मानव सेवा आश्रममा राखिने उनले बताए । यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचित गरेको र खाली नभएपछि बाध्य भएर भवन भत्काउनुपरेको महानगरले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन ३, २०८० १४:५२
प्रतिक्रिया दिनुहोस्