Nic Ad Nic Ad
Nic Ad Nic Ad

थाइ सुधारवादी नेता सांसदबाट निलम्बित, प्रधानमन्त्री बन्ने सपना अधुरै

बुधबार, साउन ३, २०८०

बैङ्कक– थाइल्यान्डका सुधारवादी नेता पिता लिम्जारोएनरतको प्रधानमन्त्री बन्ने प्रयास बुधबार समाप्त भएको छ ।

बयालीस वर्षीय पितालाई आफ्नो उम्मेदवारीको बारेमा छलफल गर्न कक्षमा बसिरहेको बेला नाटकीय रूपमा संसदबाट निलम्बित गरिएको थियो । उनलाई निलम्बन गरेपछि सांसदहरूलाई उनलाई दोस्रो मतदानको लागि विचार गर्न सकिने वा नसकिने पक्षमा गरेको मतदानमा उनलाई दोस्रो प्रयास गर्न नदिने पक्षमा बहुमत आएको थियो । यससँगै उनको सरकार हाँक्ने अभियान तत्कालका लागि अन्त्य भएको देखिन्छ ।

थाइल्याण्डको संवैधानिक अदालतले सञ्चार कम्पनीमा सेयर भएको भन्दै पितालाई संसदबाट पूर्णरुपमा अयोग्य ठह¥याउन सक्ने गरी मुद्दा अघि बढाउने बताएपछि उनलाई निलम्बन गरिएको हो । 

थाइल्याण्डको संविधानअनुसार सांसदहरूलाई सञ्चारमाध्यमको स्वामित्व लिन निषेध गरिएको छ । यद्यपि उनको शेयर रहेको भनिएको टेलिभिजन स्टेसनले सन् २००७ देखि प्रसारण सेवा बन्द गरेको छ ।

उनको पार्टीले मे महिनामा भएको चुनावमा सबैभन्दा बढी मत प्राप्त गरेको थियो । पिताको मुभ फरवार्ड पार्टी (एमएफपी)ले लगभग एक दशकको सेना समर्थित शासनबाट निराश युवा र शहरी थाइहरूको समर्थनमा उच्च स्थान हासिल गरेको छ, तर सरकार गठनको लागि यसको प्रयासहरू असफल भएका छन् ।

आफ्नो मुट्ठी उठाएर (अभिवादन) गर्दै संसद भवनबाट बाहिरिनु पहिले भन्नुभयो, “हामी फेरि भेट्नेछौँ । त्यतिवेलासम्म म सांसदका रूपमा बिदाइ हुन चाहन्छु ।” उहाँ विधानसभाको हलबाट सहयोगी दलहरूको सांसदहरूको जयजयकारसँगै निस्किएकाथिए ।

हार्भर्डमा पढेका र परिवारले चलाएको एग्रिफुड व्यवसायबाट धनी बनेका पिताले उक्त शेयर आफ्नो पिताबाट विरासतमा पाएको बताएका छन् । उनलाई शेयरबारे १५ दिनभित्र जवाफ दिन समय दिइएको छ ।

उनले संसद छोडेपछि भएको मतदानमा सांसदहरूले ठूलो मतान्तरले उहाँलाई दोस्रो पटक प्रधानमन्त्रीका लागि विचार गर्न नमिल्ने पक्षमा बहुमत दिएका थिए । मतदान नतिजा सुनाउँदै सभामुख वान मोहम्मद नूर माथाले भने, “यो संसदको अधिवेशनमा पितालाई दोस्रो पटक निर्वाचनमा सहभागी गराउन सकिँदैन ।”

पिताको निलम्बनको खबर सार्वजनिक भएपछि संसदको गेटमा पहरा दिइरहेको ठूलो दङ्गा प्रहरी घेरामा दर्जनौं समर्थक रोएका थिए र थाइ संस्थापनलाई गाली गलौज गरेका थिए । आफ्नो नाम नबताउने एक प्रदर्शनकारीले एएफपीसँग भने, “नागरिकहरूलाई चुनावमा जान किन आग्रह गर्ने ?” 

प्रदर्शनकारीहरू बैङ्ककको ‘प्रजातान्त्रिक स्तम्भ’ नजिकै सार्वजनिक ¥यालीका लागि जम्मा भएका छन् र प्रहरीले सम्भावित कुनै पनि अशान्तिका लागि सुरक्षार्थ तयार रहेको बताएको छ ।

रोयल थाई प्रहरीका प्रवक्ता आर्कियोन क्राइथोङले भने, “उनीहरूको राय जस्तोसुकै भए तापनि उनीहरूले प्रहरीले तोकेका नियम र आदेशहरूको पालना गर्नुपर्छ ।”

गत हप्ता भएको संयुक्त संसदीय बैठकमा आवश्यक समर्थनभन्दा दर्जनौं मत कम भएपछि प्रधानमन्त्रीमा पिताको पहिलो प्रयास असफल भएको थियो । 

थाइल्याण्डको सिनेटमा सेनामा नियुक्त भएका २४९ सिनेटरमध्ये १३ जनाले मात्र गत साता पिताको पक्षमा मतदान गरेका थिए । उनको उम्मेदवारीको अगाडि अन्य अवरोधहरू फ्याँकिएका छन् । 

थाइल्याण्डको शाही मानहानि कानूनलाई संशोधन गर्ने एमएफपीको चुनावी वाचा संवैधानिक राजतन्त्रलाई ‘अपदस्थ’ गर्ने योजना सरह भएको आरोप लगाउँदै दायर गरिएको मुद्दाको सुनुवाइ गर्न पनि अदालत सहमत भएको छ ।

पिताको पार्टीले राजसंस्थाका दोषी आलोचकहरूलाई १५ वर्षसम्म जेल सजाय हुने गरी कानुन संशोधन गर्ने आफ्नो प्रतिबद्धतामा सम्झौता गर्न अस्वीकार गरेको छ  । एमएफपीको सुधारवादी गठबन्धनले राज्यको अर्थव्यवस्थामा ठूलो भूमिका खेल्ने परिवारको स्वामित्वमा रहेको व्यापारिक एकाधिकारको लागि पनि खतरा सिर्जना गरेको छ । 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्