महिला विश्वकप सुरु हुनु अघि न्युजिल्यान्डमा गोली चल्याे, ३ काे मृत्यु
वेलिंगटन - न्यूजिल्याण्डको अकल्याण्डमा महिला विश्वकप सुरु हुनु अघि गोली चलेको छ।
अकल्याण्डमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ। साे गाेलीकाण्डमा बन्धुकाधारीकाे पनि मृत्यु भएकाे छ।
न्युजिल्यान्ड प्रहरीले बिहीबार अकल्याण्डमा बन्दुकधारीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको र कैयौं घाइते भएको जनाएकाे छ।
तर, प्रहरीले साे घटनाका कारण राष्ट्रिय सुरक्षामा कुनै खतरा नरहेको जिकिर गरेकाे छ । अकल्यान्डको इडेन पार्कमा महिला फुटबल विश्वकपको उद्घाटन खेल हुनुभन्दा केही घन्टा अघि सिटी सेन्टरको व्यस्त सडकमा गोली हानाहान भएको हाे।
यसैबीच न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्स्लेले राष्ट्रिय सुरक्षामा कुनै खतरा नरहेको र प्रतियोगिता योजना अनुसारनै अघि बढ्ने बताए।
प्रहरीले आक्रमणकारी बाहेक दुई जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ ।
प्रहरीले गोलीबारी लगत्तै उक्त क्षेत्रलाई घेराबन्दी गरेको र घटनास्थलमा हेलिकप्टर पठाएको थियाे।