Nic Ad Nic Ad
Nic Ad Nic Ad
सुन तस्करी प्रकरण

सुन तस्करी प्रकरण : अनुसन्धान गर्न १० दिनको अनुमति

बिहीबार, साउन ४, २०८०

काठमाडौँ– सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ । 

बिहीबार सुन प्रक्ररणमा संलग्न भएको आरोपमा पक्राउ परेकालाई राजस्व अनुसन्धान बिभागले उच्च अदालत पाटन हाजिर गराएको थियो ।

सो क्रममा उच्च अदालत पाटनले पक्राउ परेका ६ जनालाई नै १० दिन थुनामा राख्न बिभागलाई अनुमति दिएको हो ।

सुन तस्करी काण्डमा संलग्न एकजना चिनियाँ नागरिकलाई बिहीबार नै त्रिभुवन बिमानस्थलबाट पक्राउ गरिएको थियो भने अन्य व्यक्तिलाई बुधबार साँझ र बिहीबार बिहान बिभागले पक्राउ गरेको थियो ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको करिव सय किलो सुन विभागको टोलीले बरामद गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्