नेभिगेशन
समाज विविध
मिटरव्याज पीडितको प्रदर्शन

संसद भवन अघि प्रदर्शन गर्ने मिटरव्याज पीडित प्रहरी नियन्त्रणमा

काठमाडौँ– सरकारले ल्याएको मिटरव्याज सम्बन्धी विधेयकप्रति असन्तुष्टी जनाउदै संसद भवन अघि प्रदर्शन गर्न खोज्ने मिटरव्याज पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बिहीबार संसद भवन अगाडी नारावाजी सहित प्रदर्शन गर्न खोज्दा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

मिटर व्याज तथा ठगी विरुद्धको किसान–मजदुर संघर्ष समितिले नयाँ कानूनले मिटरव्याज पीडितहरुको माग सम्बोधन गर्न नसकेको भन्दै आन्दोलन जारी राखेको छ । 

समितिलेसरकारले ल्याएको विधेयकले आर्थिक अपराधमा संलग्न साहु महाजनको सम्पती छानविन गर्न नसक्ने र हालसम्म आर्थिक अपराधबाट पीडित बनाएका किसान मजदुरहरुलाई अपराधीहरुको चंगुलबाट मुक्त घोषणा गर्न नसक्ने बताउदै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध