Nic Ad Nic Ad
Nic Ad Nic Ad

जसपाको पार्टी झण्डा र लोगो परिवर्तन

बिहीबार, साउन ४, २०८०

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो पार्टीको झण्डा र लोगो परिवर्तन गरेको छ ।

विधान अधिवेशन सम्पन्न गरेको जसपाका अधिवेशनमा सहभागी प्रतिनिधिहरूले माग गरेपछि विधान प्रमाणीकरण समितिले पार्टीको झण्डा र लोगो परिवर्तन गरी निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।

यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङ्गको पृष्ठभमिमा सेतो ताराको सट्टामा अहिले रातो पृष्ठभमिमा सेतो तारा राखिएको छ । त्यस्तै यसअघिको पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ । जसअनसार पहिलेको लोगोमा मुठीसहितको हात राखेर लोगो बनाइएको छ ।

विधान अधिवेशनमा १० वटा समूह बनाई विधानमा दफावार छलफल गरिएको थियो जसमध्ये लगभग सबैजसो समूहले पार्टीको झण्डा झण्डा परिवर्तन गर्नुपर्ने माग राखेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  २०:५६
प्रतिक्रिया दिनुहोस्