सुन तस्करी प्रकरण : थप २ पक्राउ, पक्राउ पर्नेको संख्या १० पुग्यो
काठमाडौँ– सुन तस्करी प्रकरण राजस्व अनुसन्धान विभागले थप दुई जनालाई पक्राउ गरेको छ ।
विभागले बिहीबार साँझ सुन तस्करी प्रकरणमा कृष्ण श्रेष्ठ र पुष्करराज भट्टलाई पक्राउ गरेको हो । योसँगै पक्राउ पर्नेको संख्या १० पुगेको छ ।
विभागका अनुसार पछिल्लोचोटि पक्राउ पर्नेमा पुष्कर ग्लोबल प्रालिका सञ्चालक हुन् । विभागले पुष्करलाई विमानस्थल भन्सार कार्यालयमा बोलाएपछि कृष्णको पनि संलग्नता देखिएको भन्दै दुबैलार्ए पक्राउ गरिएको विभागले जानकारी दियो ।
यसअघि सुन तस्करी काण्डमा संलग्न एकजना चिनियाँ नागरिकलाई बिहीबार नै त्रिभुवन बिमानस्थलबाट पक्राउ गरिएको थियो । अन्य व्यक्तिलाई बुधबार साँझ र बिहीबार बिहान बिभागले पक्राउ गरेको थियो । आजै उच्च अदालत पाटनले उनीहरुलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको करिव सय किलो सुन विभागको टोलीले बरामद गरेको थियो ।
मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक जहाजमा ल्याइएको ुब्रेक शुु मा सुन फेला परेको थियो। अन्दाजी ८० देखि १०० किलोसम्म सुन हुनसक्ने आशंका गरिएको छ। सुनको परिमाण यकिन गर्न विभागले राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको छ।