Nic Ad Nic Ad
Nic Ad Nic Ad
सुन तस्करी प्रकरण

सुन तस्करी प्रकरण : भन्सारका थप एक कर्मचारी निलम्बित

शनिबार, साउन ६, २०८०

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका थप एक कर्मचारी निलम्बित भएका छन् । बुधबार विमानस्थल भन्सारबाट जाँच पास भएको १०० किलो बढीको सुन बरामद प्रकरणमा भन्सार विभागको एक्सरेमा संलग्न अपरेट सरोज श्रेष्ठ निलम्बित भएका हुन् ।

उनलाई विभागको शुक्रबार बेलुका बसेको बैठकको निर्णयबाट निलम्बन गरिएको हो । यो प्रकरणमा निलम्बनमा पर्ने श्रेष्ठ तेस्रो कर्मचारी हुन् । यसअघि भन्सार अधिकृत सन्तोष चन्दसहित दुई जना निलम्बनमा परिसकेका छन् ।

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिएको सूचनाको आधारमा राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा बरामद भएको थियो ।

बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । उक्त प्रकरणमा एक जना एजेण्डसहित केही व्यक्ति पक्राउ परेका छन् ।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्