Nic Ad Nic Ad
Nic Ad Nic Ad

सत्तारुढ दलबाट अरुको गालामा बियाँ टास्ने धन्दा जारी छ : शङ्कर पोखरेल

शनिबार, साउन ६, २०८०

काठमाडौँ - नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सुन प्रकरण सत्तारुढ दलले अर्को दललाई आक्षेप लगाउन खोजेको टिप्पणी गरेका छन्।

शनिबार सामाजिक सञ्जालमा लेख्दै पोखरेलले माओवादी पक्षधरबाट अरुको गालामा बियाँ टास्ने धन्दा जारी रहेको बताएका हुन्। उनले लेखेका छन्, ‘सुन प्रकरणमा सत्तामा रहेका विशेषगरी माओवादी पक्षधरहरुबाट अरुको गालामा बियाँ टाँस्ने धन्दा जारी छ।,’

पोखरेलले कुनै एउटा राम्रो काम गरेका आधारमा सत्तापक्षधरहरुले सबै प्रकारका कमजोरीबाट उन्मुक्ति पाउनु पर्दछ भन्ने सत्तापक्षीय दृष्टिकोण हो भन्दै प्रश्न गरेका छन्।  

यस्तो छ पोखरेलको प्रश्नहरु  

सुन प्रकरणमा सत्तामा रहेका विशेषगरी माओवादी पक्षधरहरुवाट अरुको गालामा बियाँ टास्ने धन्दा जारी छ। उनीहरुवाट जो सत्तामा छ, उसंग प्रश्न गर्नु भनेको अपराध हो भन्ने भाष्य खडा गर्न खोजिदैछ। के कुनै एउटा राम्रो काम गरेका आधारमा सत्ता पक्षधरहरुले सबै प्रकारका कमजोरीवाट उन्मुक्ति पाउनु पर्दछ भन्ने सत्तापक्षीय दृष्टिकोण हो  १०० किलो सुन प्रकरणमा पनि त राजश्व अनुसन्धान विभागको नेतृत्वले जस पाएकै छ। बाहिर सुन समातिएका आधारमा एअरपोर्टको सुरक्षा प्रणाली र भंसार प्रशासनले उन्मुक्ति पाउछ र ? अनि त्यसको नेतृत्व गर्ने सरोकारवाला नेतृत्व माथि प्रश्न उठाउने कुरा अनुचित हुन्छ र ? हुदैन। सत्ताको नेतृत्व गरिरहेको सरोकारवाला निकायले यी प्रश्नहरुप्रति जवाफदेही बन्नै पर्दछ।

१. एअरपोर्ट भन्सारबाट १०० किलोभन्दा वढि सुन वाहिरिएको तथ्य सुराकीले दिएको सुचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले समात्न सफल भएको घटनावाट पुष्टि भएको छ। के यसमा एअरपोर्टको सुरक्षा प्रणाली र भंसार प्रशासनको मिलोमतो र जानकारी विना यस्तो कुरा सम्भव हुन्छ ?

२. नेपालमा अधिकांश भारतिय उत्पादनका मोटरसाइकल प्रयोगमा छन्। तर मोटर साइकलको उपकरण चाही हंगकंगवाट त्यो पनि हवाईमार्गवाट पटक पटक आउनुलाई के स्वभाविक मान्न सकिन्छ ? यसमा राज्यका निकायको ध्यान जानुपर्ने होइन ?

३. आयातकर्ता कम्पनीको मालिक एकजना दैनिक ज्यालादारीमा काम गर्ने अवोध मजदुर रहेको तथ्यले यो गिरोह कति धुर्त र पहूचवाला रहेछ भन्ने देखिन्छ। यति ठुलो पैमानामा कारोवार हुने कम्पनीका वारेमा सरकार यसरी वेखवर वस्न मिल्दछ र ? अवोध मजदुरलाई प्रयोग गरेर कम्पनी दर्ता गर्ने र कारोवार गर्नेहरु को हुन् ? राज्यको निकायले खोज्नु पर्दैन ? सत्यतथ्य वाहिर ल्याउनु पर्दैन ?

४. कतै यस प्रकरणमा राजश्व अनुसन्धान विभागमा नयाँ नेतृत्व आएका कारणले वा गिरोहका बीचमा विवाद भएका कारणले तस्करीको योजना असफल भएको त होइन भन्ने कुरालाई आधार बनाउने हो भने यस अघि पनि यसरी नै ठुलो पैमानामा सुन तस्करी भएको देखिन्छ। के अनुसन्धान त्यहाँसम्म पुग्नु आवश्यक छैन र ?

५. शासकीय जिम्मेवारी र दायित्व भनेको अरुले गरेको राम्रो कामको जसलिन होडवाजी गर्ने कमजोरीको हकमा भने टिकटकिने चाही होइन होला नि ? यस अर्थमा एअरपोर्टको प्रशासन, सुरक्षा निकाय र भंसार प्रशासन कहाँ कस्को संलग्नता छ र क कस्को संरक्षण छ ? भन्ने कुरा पनि नागरिक चासोको विषय बनाउ। राष्ट्रको प्रतिष्ठामा नै आँच आउने यस्तो विषयमा गम्भीर बनौ। आशंकित सबैलाई छानविनको दायरामा ल्याउन विलम्व नगरौ।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्