Nic Ad Nic Ad
Nic Ad Nic Ad
सुन तस्करी प्रकरण

सुन तस्करीमा राजनीतिज्ञको संलग्नता छैन्, कर्मचारी नै मुख्य दोषी हुनसक्ने : वामदेव गौतम

शनिबार, साउन ६, २०८०

काठमाडौँ– नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता हुने भन्ने आरोपमा कुनै सत्यता नभएको बताएका छन् ।

रिपोटर्स क्लव नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा गौतमले सुन तस्करीमा सिधै राजनीतिक संलग्नता जोडिने भन्दा पनि भन्सारमा खटिने कर्मचारी नै मुख्य रुपमा दोषी हुने समेत बताए ।

आफू गृहमन्त्री हुँदा सुन काण्ड नभएको पनि दाबी गर्दै उनले सो समयमा आफुलाई सरकारबाट कसरी हटाउने भन्नेबारे आवाज उठाइएको जिकिर गरे । गौतमले आफु गृहमन्त्री भएका बेला शान्ति सुरक्षा थप बलियो भएको र आफुले गरेका कामलाई सवैले प्रसंसा गरेको दावी गरे । सुन तस्करीको सवालमा अहिले यो सुन कुन देशबाट आयो भन्ने पनि महत्वपूर्ण विषय भएको र तस्करहरुले कस्तो जालो फैलाएका रहेछन भन्ने स्पष्ट भएको उनले बताए ।

फरक प्रसंगमा उनले समाजवादी मोर्चाको औचित्य पुष्टि हुन नसकेको बताए । उनले आफुलाई मोर्चामा सहभागी गराएको भए संविधानमा उल्लेख समाजवादलाई औचित्य पुष्टि गर्ने भएपनि आफुलाई नबोलाएको तर्क गरे ।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १८:५४
प्रतिक्रिया दिनुहोस्