ऋण मिनाहा गर्नुपर्ने भन्दै लघुवित्त पीडितद्वारा राष्ट्र बैंक घेराउ
काठमाडौँ– बिभिन्न माग राख्दै आन्दोलनरत लघुवित्तिय संस्था विरुद्धको संघर्ष समितिले शनिबार राष्ट्र बैंक घेराउ गरेको छ ।
लघुवित्तिय संस्थाहरु खारेज गर्नुपर्ने लगायतका माग राख्दै समितिले काठमाडौँको बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गरेका हुन् ।
आफुहरुलाई लघुवित्तिय संस्थाहरुले ज्यादती गरेको उनीहरुको आरोप छ । उनीहरुले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने लगायतका ५ बुँदे माग अघि सारेका छन् ।
संघर्ष समितिले आफुहरुको मागका बिषयमा राष्ट्र बैंक पनि गम्भीर बन्नुपर्ने जनाएका छन् ।
प्रकाशित मिति: शनिबार, साउन ६, २०८० १९:१४
प्रतिक्रिया दिनुहोस्