Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा 'स्टिङ अप्रेसन' गर्ने पत्रकारलाई अदालतले २ करोड क्षतिपूर्ति भरायो 

शनिबार, साउन ६, २०८०

नयाँ दिल्ली– भारतको दिल्ली उच्च अदालतले तहल्का डटकमका पत्रकार तरुण तेजपाल, अनिरुद्ध भेल, म्याथ्यु सामुएल तथा मेसर्स तेहेल्का डटकमबाट रु दुई करोड क्षतिपूर्ति भराउन आदेश दिएको छ । 

न्यायाधीश नीना वंशल कृष्णाको इजलासले सेवा निवृत्त सैनिक अधिकृत एम एस अलुवालियालाई निजहरूबाट उक्त रकम क्षतिपूर्तिस्वरुप भराउने आदेश दिएको हो । सन् २००१ मा मेजर जनरल अलुवालियाले सैन्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोप लगाउँदै तहल्को डटकमले गोप्य कारबाही (स्टिङ अप्रेसन) गरेर खरिदसम्बन्धी विवरण सार्वजनिक गरेको थियो ।

तहल्को सार्वजनिक गरेका भ्रमपूर्ण समाचार सामग्रीबाट आफ्नो मानहानी भएको जिकिर गर्दै जनरल आलुवालियाले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । उनीमाथि प्रतिरक्षा सामग्री आयातमा ठूलो घोटाला गरिएको आरोप लगाइएको थियो ।

प्रतिरक्षा उपकरण उत्पादक बेलायती कम्पनीका नक्कली बजार प्रतिनिधि बनेर तेहेल्काका दुई जना पत्रकारले स्टिङ अप्रेशन गरेका थिए । उनले एक शिशी ब्ल्यू लेबल ह्विस्की र रु दश लाख घुस मागेको श्रव्य सामग्री तहल्को प्रसारण गरेको थियो । 

उक्त सामग्री प्रसारण हुनेबित्तिकै भारतीय सेनाले उनीमाथि छानबिन थालेको थियो । छानबिनबाट प्रसारित श्रव्य सामग्री असत्य भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको थियो ।  

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  २१:२५
प्रतिक्रिया दिनुहोस्