नेभिगेशन
समाचार

चुवानमा आफ्नै पार्टीका मान्छे मलाई हराउन लागे : विनोद चौधरी

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीभित्र एक अर्कोलाई हराउन लाग्नेलाई पन्छाउनुपर्ने बताएका छन्।

पार्टीको जारी केन्द्रीय समितिको बैठकमा आज (आइतबार) आफ्नो धारणा राख्दै चौधरीले आम निर्वाचनमा आफूलाई कांग्रेसकै मान्छेले हराउन लागेको उल्लेख गर्दै यस्तो बताएका हुन्।

चौधरीले चुनावताका पार्टीभित्र एकले अर्कोलाई सिध्याउने र हराउने खेल भएको अनुभव सुनाए । उनले पार्टीको सिस्टमलाई आफ्नो आन्तरिक विवादका बावजुद पनि एउटै सूत्रमा बाँध्नुपर्ने आवश्यकत्ता औंल्याए। विदेशमा रहेका ५० लाख नेपालीहरु नयाँ दलप्रति आकर्षित बनेको भन्दै त्यसलाई चिर्नको लागि कांग्रेसले पहलकदमी लिनुपर्ने उनकाे भनाइ छ।

उनले कांग्रेसले फेरि एकपटक आफूलाई रूपान्तरण गरेर अघि बढ्ने बेला आएको सुनाए। उनले भने,‘विदेशमा भएका ५० औं लाख नेपाली युवाहरूले पुराना पार्टीका गतिविधिका कारण हामीहरू विदेशिन बाध्य भयौं, ती पार्टीलाई भोट दिने होइन नयाँ पार्टीलाई दिने हो भन्छन् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार