Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतलाई हराउँदै पाकिस्तान च्याम्पियन

सोमबार, साउन ८, २०८०

काठमाडाैं - पाकिस्तानले एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि जितेको छ।

चिर प्रतिद्वन्द्वी भारतलाई १ सय २८ रनको विशाल अन्तरले हराउँदै एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि पाकिस्तानले जितेको हाे।

आइतबार भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय ५२ रनको विशाल स्कोर बनाएको थियो । पाकिस्तानका लागि मुहम्मद तैयब ताहिरले टोलीका लागि सतकीय योगदान गरेका थिए । उनले एक सय आठ रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ७१ बलको सामना गरी चार छक्का र १२ चौका पनि प्रहार गरे ।

ओपनर ब्याट्सम्यान सइम अयुब र सहिबजादा फरहान उल्लाहले पनि अर्धसतकीय पाली खेले । सइमले ५९ रन बनाए । उनले ५१ बलको सामना गरी दुई छक्का र सात चौका हिर्काए । अर्का ओपनर सहिबजादाले ६५ रन बनाए ।

उनले ६२ बलको सामना गरी चार छक्का र चार चौका हिर्काएका थिए । ओपनिङ ब्याट्सम्यानले एक सय २१ रनको साझेदारी गरेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका ओमाइर बिन युसुफले पनि टोलीको खातामा ३५ रन थपेका थिए । सातौं नम्बरका ब्याट्सम्यान मुबासिर खानले पनि ३५ रन बनाए । भारतीय बलर राजबद्र्धन हंगारगेकर र रियान परागले दुई–दुई विकेट लिए ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ०६:५१
प्रतिक्रिया दिनुहोस्