नेतृत्व परिवर्तनका लागि लागिरहन्छु : गगन थापा
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेतृत्व परिवर्तनका लागि आफू लागिरहने बताएका छन् ।
पार्टी कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा उनले नेतृत्व परिवर्तनको कुरा पार्टी फुटाउन लागेको भन्न नमिल्ने समेत बताए । सभापतिलाई गाली गरेर खुइल्यायो भन्ने प्रश्नको जवाफमा उनले गाली र आलोचना शब्दको अर्थ फरक रहेको बताउँदै कमजोरीमा आएका सुझावलाई ग्रहण गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
राज्यबाट जनतालाई प्रदान गर्ने सेवा प्रवाहमा सरकार संवेदनशील हुनुपर्ने बताउँदै उनले कांग्रेसले लिएका नीतिका कारण अहिले सरकारले धेरै काम गर्न सम्भव भएको उल्लेख गरे । मुलुकमा हाल ठूला भ्रष्टाचारका फाइल खुलेको बताउँदै महामन्त्री शर्माले त्यसमा व्यक्ति को पर्छ भन्ने दोस्रो कुरा भएको उल्लेख गरे ।
कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले गरेका राम्रा काम जनतालाई बुझाएर अघि बढ्नुपर्ने बताए । अन्य दलको बारेमा नबोल्नु भनी आएको प्रश्नका सम्बन्धमा उनले त्यस्तो कसैले नभनेको भनी स्पष्ट पारे ।
बैठकमा उपसभापतिद्वय र केहि केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । कांग्रेसको अर्को बैठक साउन १० गते अपरान्ह ४ बजे बोलाइएको छ ।