नेभिगेशन
विश्व

व्यापारिक भवन भत्किँदा ३३ जनाले ज्यान गुमाए

क्यामरुन– क्यामरुनको व्यापारिक केन्द्र दोउलास्थित एउटा चारतले भवन भत्कँदा ३३ जनाले ज्यान गुमाएका छन् ।

शनिबार र आइतबार राति भएको उक्त घटनामा अन्य २१ जना घाइते भएका छन् । पीडित छिमेकीहरूले घटनमा बाँचेकाहरूलाई भग्नावशेष खोजिरहेका छन् ।

भत्केको भवन अर्को आवासीय भवनमा खसेको क्षेत्रीय गभर्नर, स्यामुएल डिउडोने इभाहा डिबुआले एएफपीलाई बताएका छन् ।  उनले भने, ‘अहिले स्थिति नियन्त्रणमा रहेको र उद्धार टोलीहरूले भग्नावशेषको मुनि कोही पनि बाँकी नरहेको कुरा सुनिश्चित गर्नेछन् ।’ 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन